Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एकतारे खोलाले बगाएर एक बेपत्ता

एकतारे खोलाले बगाएर एक बेपत्ता


  • 575
    Shares

    एकतारे खोलाले बगाएर एक बेपत्ता
    images

    काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।

    रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उनी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।

    आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १०:३५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij