२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा गर्न अदालतले आदेश दिएको छ।
सोमबार जिल्ला प्रहरी परिसर, भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत हिरासतमा राख्नका लागि अनुमति माग्न जिल्ला अदालतमा उपस्थित गराएको थियो। प्रहरीले सात दिन हिरासतमा राख्न अनुमति मागेको थियो।
तर जिल्ला अदालत, भक्तपुरले म्याद थप गर्न अस्वीकार गरेको हो। अदालतले थुनामा नराख्न आदेश दिएको छ।
उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरले आइतबार राति घरबाटै पक्राउ गरेको थियो। प्रसाईंलाई रिहा गर्न माग गर्दै उनकी पत्नी उमा प्रसाईंले सोमबार सर्वोच्च अदालतमा पनि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij