Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न माग, तीन कसुरमा अनुसन्धान हुने

दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न माग, तीन कसुरमा अनुसन्धान हुने


  • 1.8K
    Shares

    दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न माग, तीन कसुरमा अनुसन्धान हुने
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत ७ दिनको म्याद मागेको हो । 

    प्रसाईंलाई म्याद थप्नेबारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ । प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको र विद्युत्तीय कारोबार सम्बन्धी ऐन विरुद्धको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै म्याद मागेको छ ।

    सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी वर्गीय जातीय, धार्मिक क्षेत्र वा यस्तै अरू कुनै आधारमा घृणा द्वेष वा अवहेलना उत्पन्न हुने काम गरे गराएमा ३ वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

    प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । त्यसपछि आइतबार राति प्रहरीले उनलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो । 

     

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १८:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij