२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ ।
झिमरुक गाउँपालिका-२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार झिमरुक गाउँपालिका-५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, बिहान थापाले ढाडका एक स्थानीयलाई आफ्नो शिशु केहीबेर हेरिदिन आग्रह गरेपछि सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा उनको शव नदीमा फेला पारेको हो ।
पारिवारिक स्रोतका अनुसार थापा एक महिनाकी छोरीको उपचार गराउन बुटवल जाने भन्दै घरबाट निस्किएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij