Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सुनकोशीमा खसेको कारभित्र ३ जना रहेको खुलासा

सुनकोशीमा खसेको कारभित्र ३ जना रहेको खुलासा


  • 2.1K
    Shares

    सुनकोशीमा खसेको कारभित्र ३ जना रहेको खुलासा
    images

    काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित ३ जना रहेको खुलेको छ ।  

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो ।

    लामा सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत मुलकोट खण्डको ठेकेदार समेत रहेको बुझिएको छ । त्यस्तै, कारमा रहेका अर्का स्काइभेटरका ड्राइभर रहेका र अर्का एक जना हेल्पर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

    कारलाई काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा।प्र ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिँदा फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट नदिमा खसेको थियो ।

    दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको बताइएको छ ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १३:५८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij