Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एसएसबी जवानलाई सर्पले डसेपछि सुस्तामा नेपाली–भारतीय छलफल स्थगित

एसएसबी जवानलाई सर्पले डसेपछि सुस्तामा नेपाली–भारतीय छलफल स्थगित


  • 960
    Shares

    एसएसबी जवानलाई सर्पले डसेपछि सुस्तामा नेपाली–भारतीय छलफल स्थगित
    images

    काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बिच हुने भनिएको छलफल स्थगित भएको छ ।

    आइतबार दिउँसो अस्थायी बाँध निर्माणको विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो । तर, एसएसबीका एक जवानलाई सर्पले डसेपछि उपचारका लागि खटिनुपरेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको हो ।

    सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँले भारतीय पक्षसँग सोमबार छलफल गर्ने सहमति भए पनि एसएसबीका एक जवानलाई सर्पले डसेपछि उपचारका लागि खटिनु परेकाले छलफलमा सहभागी हुन नसक्ने जबाफ उताबाट आएको बताएका छन् ।

    खाँका अनुसार भारतीय पक्षले आइतबार आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको छ । सोही सहमतिअनुसार स्थानीयवासीले चिनो लगाइएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न सक्ने उनले बताएका छन् ।   

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १२:०१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij