Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा


  • 1.3K
    Shares

    उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा
    images

    काठमाडौं । मोरङ प्रहरीले नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित घरमा छापा मारेको छ।

    मुन्दडाको घरमा अवैध सामग्री र स्रोत नखुलेको रकम राखिएको सूचनाको आधारमा सोमबार बिहान प्रहरीले खानतलासी गरेको हो। 

    मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मुन्दडाको घरमा पुगेर छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालय र गोल्छा मोड दुवैतर्फको बाटो ब्लक गरेको थियो। घण्टौँसम्म त्यस क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न दिइएको थिएन।

    मुन्दडा परिवारको देवनरा ग्रुपबाट दर्जनौँ उद्योग व्यवसाय सञ्चालनमा छन्। व्यापार क्षेत्रमा उक्त समूहले चाँदीको खरिदबिक्रीमा ठुलो लगानी गरेको छ। प्रहरीले चाँदी कारोबारमा कैफियत हुन सक्ने अनुमान गरेर छापा मारेको हुन सक्ने अनुमान गरिएको छ। 

    विगतमा अवैध हुन्डी कारोबारसमेत गर्ने गरेको आरोप लाग्ने गरे पनि अहिलेसम्म उक्त समूहले त्यस किसिमको कारोबार गर्ने गरेको पुष्टि भएको थिएन।

    खानतलासी गर्दा भने त्यस्तो कुनै अवैध सामान फेला नपरेको मोरङका एसपी कवित कटुवालले बताए। कटुवालले भने, ‘सूचनाअनुसार अवैध सामग्री फेला नपरेपछि प्रहरी टोली फिर्ता भएको छ।’

    नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले छापा मार्नुको कारण अहिलेसम्म नखुलेको र सुरक्षा निकायका व्यक्तिहरूले पनि कुनै जानकारी नदिएको प्रतिक्रिया दिएका छन्।

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १०:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij