Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुस्तामा फेरि पस्यो भारतीय फौज, भत्काइदियो नेपाली भूमिमा बनिरहेको बाँध

सुस्तामा फेरि पस्यो भारतीय फौज, भत्काइदियो नेपाली भूमिमा बनिरहेको बाँध


  • 1.1K
    Shares

    सुस्तामा फेरि पस्यो भारतीय फौज, भत्काइदियो नेपाली भूमिमा बनिरहेको बाँध
    images

    बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा फेरि प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि आइतबार सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।

    स्थानीयबाासीका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाकका करिब १५ जना र हतियारसहित थप करिब ६० जना एसएसबी फौज नेपाली भूमिमा प्रवेश गरेका थिए। उनीहरूले सुस्ता गाउँपालिका–५ को थारू टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका हुन्।

    भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेपछि स्थानीयवासीले विरोध जनाए। तर हतियारसहित ठूलो संख्यामा आएका एसएसबीका कारण उनीहरूले रोक्न नसकेको स्थानीयले बताएका छन्।

    सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय एसएसबी दुई देशबीचको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको हो। उनले यस क्रममा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको बताए।

    यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।

    स्थानीयबासी मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले बारम्बार धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद दोहोरिँदै आएको छ।

    घटनापछि अवस्था थप तनावग्रस्त हुन नदिन नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) पनि घटनास्थलमा परिचालन गरिएको छ। घटनाबारे नेपाली सुरक्षा निकायले थप जानकारी संकलन गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १९:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij