२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नं. ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले बिहीबार (आज) बिहान करिब ३स्१५ बजेको समयमा उनकै घर नजिकैबाट पक्राउ गरेको हो।
लामा एक सिंगे गैँडा मारी वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनलाई अदालतले १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनी सोही सजाय काट्ने क्रममा भरतपुर कारागारमा रहेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij