Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

सुनसरीमा हट्यो कर्फ्यु, निषेधाज्ञा यथावत

सुनसरीमा हट्यो कर्फ्यु, निषेधाज्ञा यथावत


  • 456
    Shares

    • images
    सुनसरीमा हट्यो कर्फ्यु, निषेधाज्ञा यथावत
    images

    सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज अपराह्न ५ बजेसम्मका लागि हटाएको छ ।

    प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८ः३० देखि अपराह्न ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् ।

    प्रशासन कार्यालयका अनुसार कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा भने जारी रहेको । यस अवधिमा तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन भने पाइने छैन ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको १ र ५ नम्बर वडा अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण १६ २०८३ शनिवार - ११:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij