Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

३ लाख घुससहित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी पक्राउ

३ लाख घुससहित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी पक्राउ


  • 6.1K
    Shares

    ३ लाख घुससहित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी पक्राउ
    images

    ललितपुर । ललितपुरको लखनखेलस्थित भूमि प्रशासन कार्यालयका ३ कर्मचारी (नायब सुब्बा) लाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले ३ लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ। 

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शनिबार दिएको जानकारीअनुसार उक्त कार्यालयका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरसहितका व्यक्तिलाई ललितपुर महानगरपालिकाकै वडा नं ४ स्थित एक होटलबाट शुक्रबार घुस रकमसहित पक्राउ गरिएको हो। 

    उनीहरूका साथै लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

    जग्गाको बकसपत्र गराउन सेवाग्राहीसँग घुस मागेको गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई घुसबापत लिएको ३ लाख रुपैयाँसहित पक्राउ गरेको अख्तियारले जनाएको छ। 

    साथै उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ। उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १६ २०८३ शनिवार - ११:३६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij