Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

धनुषामा कर्फ्यु: बिहान ५ देखि १० बजेसम्म आंशिक रूपमा खुकुलो

धनुषामा कर्फ्यु: बिहान ५ देखि १० बजेसम्म आंशिक रूपमा खुकुलो


  • 624
    Shares

    • images
    धनुषामा कर्फ्यु: बिहान ५ देखि १० बजेसम्म आंशिक रूपमा खुकुलो
    images

    धनुषा। धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्युलाई शनिबार बिहान ५ देखि १० बजेसम्म आंशिक रूपमा खुकुलो बनाएको छ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रमुख जिल्ला अधिकारीद्वारा साउन १४ गते जारी गरिएको कर्फ्यु आदेश यथावत् रहे पनि सर्वसाधारणको दैनिक जीवन सहज बनाउन बिहान ५ देखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो।

    प्रशासनले तोकिएको पाँच घण्टाको अवधिभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

    सूचनाअनुसार कर्फ्यु अवधिमा पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी, फोहोर व्यवस्थापनलगायत अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।

    त्यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–पुर्‍याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्र साथमा राखी आवतजावत गर्न सक्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनका निर्देशनको पालना गर्न तथा शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

    images
    प्रकाशित मिति :श्रावण १६ २०८३ शनिवार - ०७:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij