Logo

२०८३ श्रावण १६ गते शनिवार

२०८३ श्रावण १६ गते शनिवार

मृतकका परिवारसँग सहमति गर्न सिरहा लागे गृहमन्त्री

मृतकका परिवारसँग सहमति गर्न सिरहा लागे गृहमन्त्री


  • 519
    Shares

    • images
    मृतकका परिवारसँग सहमति गर्न सिरहा लागे गृहमन्त्री
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मधेशतर्फ लागेका छन् । हिजो सुनसरी आएका गुरुङले देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग राति ७ बुँदे सहमति गरेका थिए ।

    बिहान साढे ६ बजे प्रदेश प्रहरी कार्यालय कोशीमा गएर सुतेका गृहमन्त्री गुरुङ ३ बजेतिर सिरहातर्फ लागेका छन् ।

    रातभरी भएको छलफलपछि मृतकका परिवारले आज शव बुझ्ने सहमति जनाएका थिए । तर, सिरहा घटनाका मृतकको परिवारसँग पनि गृहमन्त्रीले सहमति गर्नुपर्ने अडान राखेपछि उनी त्यतातर्फ लागेको प्रहरीले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय कोशीका प्रहरी उपरीक्षक सुमन तिम्सनाले गृहमन्त्री सप्तरीतर्फ लागेको बताए । सिरहा घटनाका विषयमा छलफल गर्न उनी त्यता लागेको प्रहरी स्रोतको भनाइ छ ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १६:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij