Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

नारायणघाट–मुग्लिन सडकको खहरे खोलामा पहिरोको जोखिम

नारायणघाट–मुग्लिन सडकको खहरे खोलामा पहिरोको जोखिम


  • 358
    Shares

    • images
    नारायणघाट–मुग्लिन सडकको खहरे खोलामा पहिरोको जोखिम
    images

    काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डको खहरे खोला नजिकै नयाँ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । 

    मुग्लिनबाट करिब ५५० मिटर नारायणघाटतर्फ (चेनेज ३५‍.१५०) रहेको पहाडी भूभागमा पहिरो खसेपछि प्राविधिक टोलीले अध्ययन गर्दा सो स्थानमा थप पहिरो खस्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको हो ।

    सडकमा नयाँ जोखिम सिर्जना भएसँगै सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधारण तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गत साउन १२ गते सोही स्थान (चेनेज ३५.१५०) मा अचानक ठुलो पहिरो खसेको थियो। पहाडबाट ठुला ढुङ्गा र माटो खसेका कारण सो दिन नारायणघाट–मुग्लिन सडक खण्ड एकै दिन तीन पटक गरी कुल ७ घण्टासम्म पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।

    राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रुहरू सडकमै अलपत्र परेका थिए । डिभिजन सडक कार्यालय भरतपुरले २४सै घण्टा तैनाथ अवस्थामा राखेका आफ्ना उपकरणहरू र सोही क्षेत्रमा कार्यरत निर्माण व्यवसायीका हेभी इक्विपमेन्टहरूको प्रयोग गरी पहिरो पन्छाएर सवारी आवागमन सुचारु गराएको थियो ।

    डिभिजनले जोखिमपूर्ण वा पहिरो प्रभावित स्थान आसपास सवारी साधन रोकेर नराख्न, सो खण्ड पार गर्दा सवारी साधनको गति सीमित र नियन्त्रणमा राखी चलाउन, यात्रा गर्दा पहाडको माथिल्लो भाग र मौसमप्रति निरन्तर सतर्क रहन अनुरोध गरेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १४:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij