Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु


  • 939
    Shares

    नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
    images

    काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारे निवासी बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको जानकारी दिए ।

    घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १३:३३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij