२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
राष्ट्रपति पौडेल शुक्रबार प्रथम महिला सविता पौडेलसहित ललितपुरको सानेस्थित श्रेष्ठ निवास पुगेर दिवंगत नेताप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्।
यस अवसरमा राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गरे।
राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने राष्ट्रपतिको भनाइ थियो।
राष्ट्रपति पौडेलले गोपालमान श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनले एक निर्भीक, इमानदार र सत्यको पक्षमा दृढ रहने लोकतन्त्रवादी नेता गुमाएको महसुस भएको उल्लेख गर्दै उनको योगदानले भावी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij