Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

चारतले भवन भत्किंदा सात जनाको मृत्यु

चारतले भवन भत्किंदा सात जनाको मृत्यु


  • 337
    Shares

    • images
    चारतले भवन भत्किंदा सात जनाको मृत्यु
    images

    काठमाडौं । भारतको महाराष्ट्रमा पर्ने भिवण्डीमा चारतले भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भइरहेका बेला भिवण्डीमा भवन भत्किँदा उनीहरूको मृत्यु भएको हो ।

    भत्किएको भवनको भग्नावशेषमा अझै दुई जना फसेको आशंका गरिएको छ । उद्धार टोलीले उनीहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

    स्थानीय विधायक महेश चौगुलेका अनुसार निकै जीर्ण अवस्थामा रहेको भवनलाई यसअघि नै जोखिमयुक्त भवन घोषणा गरिएको थियो ।

    भवनमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको भए पनि केही व्यक्ति भवनका खम्बामा मर्मतसम्बन्धी काम गरिरहेका बेला दुर्घटना भएको उनले बताएका छन् । चौगुलेका अनुसार भग्नावशेषमा परेकामध्ये केही मजदुर र एउटै परिवारका सदस्य रहेको अनुमान गरिएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ११:५४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij