२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सुनसरी लगायत मधेसका विभिन्न स्थानमा भइरहेको तनावको स्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले मधेस केन्द्रित विभिन्न दलका नेताहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सी।के।राउत, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायतछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्य नेताहरू लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी पनि प्रधानमन्त्रीसँगको छलफलमा सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij