२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । धनुषाको सबैला नगरपालिकाको रघुनाथपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान फेला परेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सनाखत हुन नसकेको एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको बताएका छन् ।
अनुसन्धानको क्रममा रहेकाले विस्तृत विवरण आई नपुगेको उनले बताएका छन् । मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएकाले उनको हत्या भएको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij