Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

मधेसमा सुरक्षा कडा : प्रहरी र सशस्त्रका एआईजी जनकपुर खटाइए

मधेसमा सुरक्षा कडा : प्रहरी र सशस्त्रका एआईजी जनकपुर खटाइए


  • 568
    Shares

    • images
    मधेसमा सुरक्षा कडा : प्रहरी र सशस्त्रका एआईजी जनकपुर खटाइए
    images

    काठमाडौं । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई जना एआईजीहरुलाई जनकपुर पठाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताएका छन् । 

    सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको छ । दुवै जना जनकपुर पुगिसकेका छन् । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

    बारा र पर्सामा समन्वय गर्ने गरी प्रहरी प्रधान कार्यालयका एसएसपी होबिन्द्र बोगटीलाई पठाइएको छ । 

     

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - ११:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij