Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु


  • 778
    Shares

    • images
    कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
    images

    काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको उक्त आक्रमणमा परी  निधन भएको हो ।

    कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो । यस घटनाका बारेमा कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ ।

    राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।

    पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

    757026784_2576146846173295_6015646926828319590_n_pbeTa82jqJ.jpg

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १०:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij