Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

ब्रोड पिक हिमपहिरो : दुई आरोहीको शव भेटिएको दाबी, उद्धारका लागि पाकिस्तानी सेना परिचालित

ब्रोड पिक हिमपहिरो : दुई आरोहीको शव भेटिएको दाबी, उद्धारका लागि पाकिस्तानी सेना परिचालित


  • 337
    Shares

    • images
    ब्रोड पिक हिमपहिरो : दुई आरोहीको शव भेटिएको दाबी, उद्धारका लागि पाकिस्तानी सेना परिचालित
    images

    काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि बेपत्ता भएका आरोहीमध्ये दुई जनाको शव फेला परेको दाबी गरिएको छ।

    आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव भेटिएको जनाएको हो। तर ती शव कसका हुन् भन्ने पहिचान भने हुन बाँकी रहेको बताइएको छ।

    बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। अल्पाइन क्लबका अनुसार का अनुसार उद्धारकर्मी र आवश्यक उपकरणसहितका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज अभियानमा खटिएका छन्।

    यसैबीच, नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि ब्रोड पिकमा उद्धार अभियानमा सहयोग गर्न अघि बढेका छन्। नेपाली सांसद तथा आरोही मिङ्मा ग्याबु शेर्पाका अनुसार उनीहरू आफ्ना क्याम्पबाट तल झरेर खोजीमा सहभागी भइरहेका छन्। इम्याजिन नेपालका आरोहीहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्।

    प्रख्यात नेपाली आरोही निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा गतिविधि देखिएको रिपोर्ट आए पनि उक्त संकेत बिहीबारकै रहेको बताइएको छ।

    अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको आरोहण टोलीमा १० जना सदस्य थिए। टोलीमा निर्मल पुर्जाको नेतृत्वमा पाँच नेपाली आरोहीसहित एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र एक अन्य विदेशी आरोही रहेका छन्।

    हिमपहिरोपछि टोलीका सबै सदस्यसँग सम्पर्क विच्छेद भएको थियो। अहिले मौसम र परिस्थितिको मूल्यांकन गर्दै थप उद्धार स्रोत परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - १०:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij