२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउँदै पुराना विद्युतीय सवारी साधन खरिदका लागि नयाँ वित्तीय सुविधा सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि यस्तो कर्जा योजना ल्याएको हो।
नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई थप सुलभ, सहज र किफायती बनाउने उद्देश्यले यो योजना सुरु गरिएको बैंकले जनाएको छ। यस पहलले वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ। ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै बैंकले यो कर्जा प्रक्रियालाई अत्यन्त सरल र छिटो बनाउने व्यवस्था मिलाएको छ।
इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका कुनै पनि शाखा कार्यालयहरू वा बैंकको डिजिटल च्यानलहरू मार्फत सजिलैसँग कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकले आफ्ना ग्राहकहरूको जीवनयापनलाई सहज बनाउन र वातावरणीय दिगोपनका लागि समय(समयमा यस्ता नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएको छ।
हाल एनएमबि बैंकले देशभर रहेका १९८ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय र अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij