२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि निषेधाज्ञा लागु गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा बारे जानकारी गराएका हुन्।
पूर्वमा प्रतिमाचोस, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक नहर र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij