Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सिरहामा तनाव चर्कियो, मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो, मोटरसाइकलमा आगजनी


  • 2.8K
    Shares

    • images
    सिरहामा तनाव चर्कियो, मोटरसाइकलमा आगजनी
    images

    काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको प्रभाव सर्लाहीसम्म फैलिएको छ। जिल्लामा दुई समूहबीच भएको झडप उग्र बनेपछि २० भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।

    प्राप्त जानकारीअनुसार आगजनीबाट सबै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणका लागि गोलबजार नगरपालिकाको दमकल परिचालन गरिएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि घटनास्थलको अवस्था केही समय तनावग्रस्त बनेको थियो।

    यसैबीच स्थानीय प्रशासनले सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्यु लागू भए पनि विभिन्न स्थानमा प्रदर्शन र विरोधका गतिविधि पूर्ण रूपमा रोकिएका छैनन्।

    स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १४:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij