Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु


  • 813
    Shares

    सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु
    images

    काठमाडौं । सिरहाको गोलबजार आसपासको क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति सुरक्षा बिग्रिन सक्ने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु लागू गरिएको हो।

    जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरेको आदेशअनुसार कर्फ्यु साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहनेछ।

    प्रशासनका अनुसार कर्फ्यु क्षेत्र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म तोकिएको छ। त्यसैगरी उत्तरमा वडा नम्बर–६ को सैनिक चोकदेखि दक्षिणमा वडा नम्बर–४ स्थित रा.प्र.रा.प्र. बहुमुखी क्याम्पस आसपाससम्म कर्फ्यु लागू हुनेछ।

    प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई सहयोग गर्न अपिल गरेका छन्।

    प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गरी कुनै पनि गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

    756430551_994851820276496_5071654268567054234_n_6bTLDneMqO.png

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १४:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij