Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन गर्न खोजिएको हो ?

सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन गर्न खोजिएको हो ?


  • 771
    Shares

    सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन गर्न खोजिएको हो ?
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अघि बढाएको संविधान संशोधनको तयारीप्रति गम्भीर प्रश्न उठाएका छन्।

    प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आफ्नो काम सम्पन्न गरिसकेको छ। यद्यपि, कार्यदलमा रहेका अन्य राजनीतिक दलका प्रतिनिधिहरू अन्तिम चरणमा सहभागी नगरिएको विषयसमेत चर्चामा छ।

    यही पृष्ठभूमिमा प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रिया स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।  ‘ यो संविधान जो हजारौंको बलिदानकबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाइ पुनर्लेखन नै गर्न खोजिएको त होइन रु’ उनले प्रश्न गरेका छन् । 

    उनले संविधानलाई अझ कमजोर बनाउने नियतबाट संशोधन प्रक्रिया अघि बढाइएको हो कि भन्ने प्रश्न आमजनतामा समेत उठ्न थालेको दाबी गरेका छन्। साथै, संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक शक्ति र सरोकारवालाबीच व्यापक सहमति र खुला बहस आवश्यक रहेको उनको धारणा छ।  

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १३:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij