Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ

व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ


  • 1.1K
    Shares

    • images
    व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ
    images

    काठमाडौं । व्यवसायी उपेन्द्र महतोलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित विषयमा सोधपुछका लागि कार्यालयमा बोलाएको छ।

    सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही तथ्य र विवरण स्पष्ट पार्नुपर्ने भएकाले महतोलाई अनुसन्धानका क्रममा उपस्थित गराइएको जानकारी दिएका छन्।

    उनका अनुसार स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको र त्यसबाट राज्यलाई आर्थिक हानि पुगेको आशंकामा सीआईबीले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धानको सिलसिलामा महतोसँग आवश्यक जानकारी लिइएको जनाइएको छ।

    सीआईबीले एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न आर्थिक तथा कानुनी पक्षको अनुसन्धान जारी राखेको स्रोतले जनाएको छ। अनुसन्धानको निष्कर्षपछि थप प्रक्रिया अघि बढाइने बताइएको छ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १३:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij