Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सरकारले गर्‍यो ४ सचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले गर्‍यो ४ सचिवको सरुवा, को कहाँ पुगे ?


  • 421
    Shares

    • images
    सरकारले गर्‍यो ४ सचिवको सरुवा, को कहाँ पुगे ?
    images

    काठमाडौं । सरकारले ४ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको मुख्यसचिव गोविन्द कार्कीले जानकारी दिएका छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ । 

    राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई डा. पोखरेलको स्थानमा पठाइएको छ ।

    बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको हो । बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईको सरुवा गरिएको छ । 

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १३:११:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij