Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुई दिनपछि टिचिङ अस्पतालमा ओपीडी सेवा सुचारु, बिरामीको भीड (तस्बिरहरू)

दुई दिनपछि टिचिङ अस्पतालमा ओपीडी सेवा सुचारु, बिरामीको भीड (तस्बिरहरू)


  • 771
    Shares

    दुई दिनपछि टिचिङ अस्पतालमा ओपीडी सेवा सुचारु, बिरामीको भीड (तस्बिरहरू)
    images

    काठमाडौं । दुई दिनपछि ओपीडी सेवा पुनः सञ्चालन भएसँगै महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा सेवाग्राहीको उल्लेख्य भीड लागेको छ।

    चिकित्सकहरूको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अधिकांश अस्पतालमा ओपीडी सेवा प्रभावित भएको थियो। जसका कारण उपचारका लागि आएका बिरामीहरूले सास्ती खेप्नुपरेको थियो। 

    सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच बुधबार पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो। सहमतिपछि बिहीबारदेखि अस्पतालहरूमा नियमित रूपमा ओपीडी सेवा सञ्चालनमा आएको छ।

    ओपीडी सेवा सुचारु भएसँगै उपचारका लागि आएका बिरामीको चाप टिचिङ अस्पतालमा बढेको अस्पताल स्रोतले जनाएको छ।

    t1.JPG

    t2.JPG

    t3.JPG

    t4.JPG

    06-teaching-hospital-ma-birami11.jpg

     

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १२:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij