Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

‘सरकारले देश चलाउन नसके हात उठाओस्, जनता टुहुरो बन्नु हुँदैन’

‘सरकारले देश चलाउन नसके हात उठाओस्, जनता टुहुरो बन्नु हुँदैन’


  • 470
    Shares

    • images
    ‘सरकारले देश चलाउन नसके हात उठाओस्, जनता टुहुरो बन्नु हुँदैन’
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। 

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले सरकार नागरिकको सुरक्षा र संसदको गरिमाप्रति बेखबर रहेको आरोप लगाएका छन् । सम्बोधनका क्रममा प्रमुख सचेतक राईले प्रधानमन्त्रीले दुई महिनाअघि रोस्टमबाट दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति अझै सच्याउन वा रेकर्डबाट हटाउन पहल नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

    देशका विभिन्न स्थानमा हिंसा र हत्याका घटना बढ्दै गएको उल्लेख गर्दै उनले सरकार कतै नदेखिएको टिप्पणी गरेका छन्। सांसद राईले उत्तेजना फैलाउने खालका भिडियो वा लेखहरू सार्वजनिक नगर्न सञ्चारकर्मी तथा आम नागरिकलाई आग्रह गर्दै सरकारले आफ्ना आधिकारिक धारणा फेसबुकबाट नभई औपचारिक माध्यमबाट सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
     
    उनले भने, ‘दिउँसै गोली चल्ने र असुरक्षा बढ्ने क्रम जारी छ, तर सरकार अन्धकारमा बसेर सबै ठिक छ भन्दै बसेको छ । सरकार अब भित्र लुकेर होइन, बाहिर निस्केर जनतालाई सुरक्षाको अनुभूति गराउनुपर्छ । बल प्रयोगले मात्र परिणाम दिँदैन, सरकार गम्भीर भएर लाग्नुपर्छ। यदि सरकारले देश चलाउन नसक्ने अवस्था हो भने सक्दिन भनेर हात उठाए हुन्छ, तर देशलाई अभिभावकविहीन र जनतालाई टुहुरो बनाउन पाइँदैन ।’

    सदनमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै राईले बल प्रयोग गरेर समस्याको समाधान नहुने चेतावनी दिएका छन् ।  

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १२:०६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij