Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

३२ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम

३२ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम


  • 561
    Shares

    • images
    ३२ जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम
    images

    काठमाडौं । देशका प्रमुख ठुला नदीहरूमा पानीको बहाव नियन्त्रणभित्रै रहे पनि ३२ भन्दा बढी जिल्लाका स-साना नदीहरूमा आज आकस्मिक बाढीको जोखिम रहेको छ।

    बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि हाल सामान्य रहेको छ।

    महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने छ।

    सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्लाका साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    भोलि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ।

    पर्सी भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीहरूमा जलसतह आकस्मिक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    1_7OfuD1ygnp.jpg

    2_Pr7YQ5NdAZ.jpg

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij