Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता


  • 1.1K
    Shares

    • images
    राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । 

    भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । 

    संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् । नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनीतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताएको छ ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:१८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij