२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनकी श्रीमानसहित परिवारका पाँच जनालाई पक्राउ गरेको छ।
विवाह भएको करिब छ महिनामै हत्या भएको दाबी गर्दै उनीहरूले न्यायको माग गरेका छन्। प्रहरीले पक्राउ घटनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ।
शव परीक्षणका लागि नेपालगञ्ज लगिएको छ। सेती प्रादेशिक अस्पतालमा फरेन्सिक विशेषज्ञ चिकित्सक उपलब्ध नभएको भन्दै माइती पक्षले शव परीक्षण नेपालगञ्जमा गराउन माग गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij