२०८३ आश्विन २ गते शुक्रवार
सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् ।
उक्त सहमतिमा उपभोक्ता संरक्षण ऐन २०७५ मा स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधन गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले चिकित्सक सङ्घ समेतको सहभागितामा सात दिनभित्र कार्यदल गठन गरी सो कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक संशोधन गरिने उल्लेख रहेको छ ।
उक्त सहमति पत्रमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव डा पराशर ढुङ्गाना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा तथा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा बद्रि रिजालसहितले हस्ताक्षर गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij