२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्।
बुधबार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले वालेन्द्रलाई चितवनमा भएको पहिलो महाधिवेशनको निर्णयअनुसार वरिष्ठ नेतामा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा पनि मनोनयन नदिएका वालेन्द्र चितवन महाधिवेशनमा सर्वसम्मत वरिष्ठ नेता बनाउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार सभापति रवि लामिछानेले बुधबारको बैठकबाट उनलाई वरिष्ठ नेतामा मनोनीत गरेका हुन्।
उता उपसभापतिसहितका विभिन्न पदमा अझै निर्णय आउन बाँकी छ। रास्वपाको पहिलो महाधिवेशन २०८३ असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। तर महाधिवेशनको डेढ महिनापछि मात्रै रास्वपा केन्द्रीय कमिटीलाई पूर्णता दिन लागिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij