२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । प्रहरीले प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पन्तलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार पन्तलाई बैंकिङ कसूरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उनलाई बुधबार नै अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको एसएसपी जबराले जानकारी दिए ।
सीआईबीले बैंकिङ कसूरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij