Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


  • 505
    Shares

    • images
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    images

    काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् ।

    मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । तीमध्ये संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन–२०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक र संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी विधेयक रहेका छन् ।

    त्यस्तै, बैठकले राहदानी ऐन २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रणसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ संशोधन विधेयक र कर्मचारी सञ्चय कोष ऐन संशोधन विधेयक संसद्‌मा पठाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा तोकिएका अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ ।

    यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १७:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij