२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सरकारले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन २०५३ संशोधन विधेयकसहित विभिन्न विधेयक संसद्मा लैजान अनुमति दिएको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले सङ्क्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, राहदानी ऐन २०७६ संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रणसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ संशोधन विधेयक र कर्मचारी सञ्चय कोष ऐन संशोधन विधेयक संसद्मा पेस गरिने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै यी विधेयकहरू अब संसद्को प्रक्रियामा प्रवेश गर्नेछन् । सरकारले आवश्यक कानुनी सुधारका लागि विभिन्न ऐन संशोधन गर्न विधेयक अघि बढाएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij