Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

मिर्गौला फेल भएकी भुटानी शरणार्थी महिलाको उपचारमा अवरोध हटाउन सर्वोच्चको आदेश

मिर्गौला फेल भएकी भुटानी शरणार्थी महिलाको उपचारमा अवरोध हटाउन सर्वोच्चको आदेश


  • 498
    Shares

    • images
    मिर्गौला फेल भएकी भुटानी शरणार्थी महिलाको उपचारमा अवरोध हटाउन सर्वोच्चको आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला फेल भएर गम्भीर अवस्थामा रहेकी एक भुटानी शरणार्थी महिलाको उपचार तथा मिर्गौला प्रत्यारोपणमा देखिएको कानुनी र प्रशासनिक अवरोध हटाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासले भुटानी शरणार्थी खर्कबहादुर गजमेरले दायर गरेको रिटमा सुनुवाइ गर्दै पीडितको ‘बाँच्न पाउने मौलिक हक’ संरक्षण गर्न सात दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको हो ।

    खर्कबहादुरकी पत्नी सारा गजमेरका दुवै मिर्गौलाले काम गर्न छोडेपछि चिकित्सकहरूले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सिफारिस गरेका थिए । तर, उनीहरू भुटानी शरणार्थी भएको र शरणार्थी व्यवस्थापन प्रणालीमा नाम दर्ता नभएका कारण दाता र ग्रहणकर्ताबीचको नाता प्रमाणित हुन सकेको थिएन ।

    नाता प्रमाणित गर्ने आधिकारिक कागजात नभएको भन्दै अश्विनी मेडिकल कलेज एण्ड हस्पिटलले २०८३ असार ८ गते मिर्गौला प्रत्यारोपण गर्न अस्वीकार गरेको थियो । त्यसपछि खर्कबहादुरले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    यसअघि जिल्ला प्रशासन कार्यालय झापाले मानवीय अवस्थालाई ध्यानमा राख्दै नाता प्रमाणित र सिफारिसका लागि गृह मन्त्रालयसँग निर्देशन माग गरेको थियो । तर, मन्त्रालयको निर्णय स्पष्ट नभएपछि सर्वोच्चले सात दिनभित्र आवश्यक निर्णय गरी जानकारी गराउन गृह मन्त्रालयलाई आदेश दिएको हो ।


    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १७:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij