२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनापछि चिकित्सकहरूले उठाएको मागअनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको सरुवा गरिएको छ ।
एसपी पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ भने पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको हो ।
चिकित्सकहरूको वार्ता टोलीले घटनाको छलफलका क्रममा एसपी पाठकको सरुवा हुनुपर्ने माग राख्दै आन्दोलनसमेत गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले पर्साको नेतृत्व परिवर्तन गरेको हो ।
यसअघि पाल्पा प्रहरी प्रमुख रहेका एसपी भट्टराई जेनजी आन्दोलनपछि काठमाडौं ल्याइएका थिए । अपरेसन तथा फिल्ड कमान्डमा अनुभवी मानिने भट्टराईलाई काठमाडौंको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिम्मेवारी दिइएको थियो ।
यता, एसपी भट्टराईको स्थानमा भने सीआईबीमा कार्यरत एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij