Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)

माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)


  • 1.4K
    Shares

    माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित)
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले माईतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । 

    बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पु¥याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो । 

    यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले उक्त क्षेत्रको डुबान नियन्त्रणका लागि पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल र अन्य अवरोध हटाउन सुझाव दिएको थियो । 

    सोही समितिको सिफारिसका आधारमा महानगरले काम अघि बढाएको हो । केही हप्ताअघि भएको अविरल वर्षाका क्रममा माईतीघर क्षेत्र जलमग्न भई आवागमन र जनजीवन प्रभावित भएपछि महानगरले पानीको उचित निकासका लागि यो कदम चालेको हो । बर्खाको समयमा हुने डुबानलाई मध्यनजर गर्दै महानगरले ढलको अवरोध हटाउने कार्यलाई प्राथमिकता दिएको छ ।

    m1.jpg

    m2.jpg

    m3.jpg

    m4.jpg

    m5.jpg

    m6.jpg

    m7.jpg

    m9.jpg

    m10.jpg

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १५:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij