Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन

निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन


  • 498
    Shares

    निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगले आफूलाई ‘रेफ्री’ का रूपमा निष्पक्ष राख्नुपर्नेमा जोड दिएका छन् । बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै पुनले आयोग कतिपय अवस्थामा आफैँ ‘खेलाडी’ बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।

    सांसद पुनले सूचना प्रविधिको तिब्र विकास र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले निर्वाचन प्रणालीमा नयाँ चुनौती थपेको बताएका छन्। आगामी पाँच वर्षमा निर्वाचनको स्वरूप पूर्णतः परिवर्तन हुने उल्लेख गरेका छन्। सांसद पुनले निर्वाचनमा प्रविधिको प्रयोग बढाउन र विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । 

    मतदानको दिन सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पारिँदा मतदाताको सहभागितामा कमी आएको तर्क गर्दै उनले सुरक्षा चुनौतीलाई ख्याल गर्दै यातायात सहज बनाउनुपर्ने सुझाव दिएका छन् । 

    उनले भने, ‘अहिले डिपफेक र अल्गोरिदमको जमाना छ । हामी प्रचारमा नगए पनि हाम्रा नक्कली भिडियो र आवाजहरू प्रयोग हुन सक्छन् । यस्ता प्रविधिले निर्वाचनको विश्वसनीयतामा पार्ने प्रभावलाई सम्बोधन गर्न आयोगले विशेष तयारी गर्नुपर्छ । निर्वाचन क्षेत्र बाहिर रहेका युवा र विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा जोड्न निर्वाचन आयोगले ठोस पहल गर्नैपर्छ । दलहरूको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने हो, तर आयोग आफैँ दलको विवादमा पक्षधर देखिनु हुँदैन। आयोगको निर्णय पूर्वानुमानयोग्य र पारदर्शी हुनुपर्छ । विगतमा रेडियो नेपाल वा गोरखापत्रमा निश्चित स्थान दिइन्थ्यो, अब आयोगले नै डिजिटल माध्यमबाट उम्मेदवारको प्रचार गर्ने व्यवस्था मिलाए खर्च कम हुने र पहुँचमा समानता आउनेछ ।’

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १५:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij