Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी

१६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी


  • 687
    Shares

    १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताएका छन् ।

    बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै उनले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिएका हुन् । प्रमुख सचेतक बुर्लाकोटीले युवाहरूको राजनीतिक संलग्नता बढाउन मतदानको उमेर १६ वर्ष कायम गरिनुपर्ने बताएका छन् । 

    मतदाता नामावली सङ्कलनको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्नासाथ व्यक्तिको नाम स्वतः मतदाता नामावलीमा समावेश हुने प्रणाली विकास गर्न उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र आफ्नो दल सकारात्मक रहेको उल्लेख गर्दै उनले यसलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन्। 

    निर्वाचन खर्च घटाउने र मतदाताको सहजताका लागि मतदानको दिन सवारी साधन चलाउन दिनुपर्ने प्रश्ताव समेत बुर्लाकोटीले राखेका छन् । मतदान केन्द्रको ३०० मिटर परिधिभित्र मात्र सवारी साधन र अनावश्यक भीडभाड निषेध गरी अन्य क्षेत्रमा सहज आवागमनको व्यवस्था मिलाउँदा दलहरूको खर्च कम हुने र सर्वसाधारणलाई सहज हुने उनको तर्क छ । 

    उनले भने, हाम्रो देशमा युवाहरूको ठूलो जनसङ्ख्या छ, तर उनीहरू मतदान प्रक्रियाप्रति उत्साहित देखिँदैनन् । १६ वर्षकै उमेरमा मतदानको अधिकार सुनिश्चित गर्दा युवाहरूमा नयाँ उत्साह थपिने मेरो विश्वास छ । मैले आफैँ निर्वाचन लड्दा मतदानको दिन गाडी रिजर्भ गर्न मात्र ठूलो रकम खर्च गर्नुपरेको थियो । सुरक्षाको उच्च प्रबन्ध गरी फ्री भेहिकल मुभमेन्ट गराउनु आवश्यक छ ।’

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १४:५५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij