Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरी झडपपछि कप्तानगञ्जमा थप सुरक्षा परिचालन, निगरानीका लागि ड्रोन प्रयोग

सुनसरी झडपपछि कप्तानगञ्जमा थप सुरक्षा परिचालन, निगरानीका लागि ड्रोन प्रयोग


  • 827
    Shares

    सुनसरी झडपपछि कप्तानगञ्जमा थप सुरक्षा परिचालन, निगरानीका लागि ड्रोन प्रयोग
    images

    काठमाडौं । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

    मंगलबार साँझ हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन नजिकका जिल्लाबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

    प्रभावित क्षेत्रको भित्री भागमा सुरक्षाकर्मीको पहुँच कठिन भएपछि निगरानीका लागि काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट ड्रोनसमेत पठाइएको छ। गृहमन्त्री सुधन गुरुङको पहलमा उपलब्ध ड्रोन सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार सुरक्षा निगरानी प्रभावकारी बनाउन र शंकास्पद गतिविधि नियन्त्रण गर्न ड्रोन प्रयोग गरिनेछ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

    आइतबार भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिसमेत घटनास्थल पुगेको छ। समितिले घटनाको अवस्था र कारणबारे अध्ययन गरिरहेको छ।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij