Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते

दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते


  • 841
    Shares

    दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते
    images

    काठमाडौं । दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आज बिहान ८ बजेतिर गाडी दुर्घटना भई सडकबाट ३०० मिटर तल खसेको हो । ६ जना सवार रहेकामा २ जना सकुशल रहेको र अन्य ४ जना घाइते भएका छन् ।

    घाइते मध्य अछाम कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र महिला सुमन शाहीको पहिचान खुलेको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ। 
     

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:०६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij