Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

थापाथलीमा गुजुल्टिएका तारमा मध्यराति आगलागी

थापाथलीमा गुजुल्टिएका तारमा मध्यराति आगलागी


  • 561
    Shares

    थापाथलीमा गुजुल्टिएका तारमा मध्यराति आगलागी
    images

    काठमाडौं । राजधानीको थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार मध्यराति आगलागी भएको छ । आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा र जनधनमा जोखिम बढ्न सक्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चासो देखिएको छ । 

    मन्त्री विराजभक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका गरे । निरीक्षणका क्रममा उनले अव्यवस्थित रूपमा झुन्डिएका तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यसको व्यवस्थापनमा थप ढिलाइ गर्न नहुने बताएका छन्।

    मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय सुरु गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १२:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij