२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीमाथि छलफल सुरु गरिएको हो।
कार्यसूचीअनुसार सुरुमा उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष बोलाएर सुनुवाइ गर्ने तयारी गरिएको छ।
कार्कीको नियुक्ति प्रक्रिया, नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यतामाथि प्रश्न उठाउँदै समितिमा उजुरी परेको थियो।
यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बाको सुनुवाइ गरिसकेको छ।
संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा। राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रमुख निर्वाचन आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij