Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता

दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता


  • 848
    Shares

    दाङमा २२ जनालाई आमाको नामबाट नागरिकता
    images

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ । कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन् । यस्तै, १४ जनाले गैर आवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो ।

    कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ । घोराहीबाट पाँच हजार १७९, तुलसीपुरबाट सात हजार २६७ र लमहीबाट दुई हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।

    त्यसैगरी, ४१९ नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ । राहदानीमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट सात हजार ५७९, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पाँच हजार ६२७ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार १६ वटा वितरण गरिएको छ ।

    गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ भने पाँच हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ ।

    राष्ट्रिय परिचयपत्र दर्तामध्ये जिल्ला प्रशासन कार्यालयबाट ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीबाट ११ हजार ९०८ जनाको विवरण दर्ता गरिएको छ ।

    कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १०:४८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij