Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ?

गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ?


  • 1.3K
    Shares

    गगन थापाको प्रश्न–यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ?
    images

     काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् ।

    सुनसरी घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सभापति थापाले सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत त्यसका लागि आह्वान गर्न प्रस्ताव गरेको बताए ।

    उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्नेमा त्यसो हुन नसके पनि रास्वपाले प्रमुख दलको हैसियमा बैठक बोलाएकोमा आभार व्यक्त गरे । सरकारले घटनापछि दलहरुसँग समन्वय नगरेकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकार बन्दुकको गोलीमा मात्र सीमित हुन नहुने बताए ।

    उनले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ । यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो।’

    उनले बैठकमा सद्भाव कायम गर्न आआफ्नो दलहरूले गरेको प्रयत्नलाई साझा प्रयत्नका रूपमा अघि बढाउँदै सामूहिक रूपमा सबै राजनीतिक दल, प्रशासन, प्रेसलाई समेत आह्वान गर्न प्रस्ताव गरेको जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १०:१४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij